फेश अफ उदयपुर चैञ ९ मा

उदयपुर
माघ २२ गते

युवाहरुको प्रतिभा पहिचान तथा प्रतियोगितात्मक कार्यक्रम फेश अफ उदयपुरको पाँचौ संस्करण चैत्र ९ गते हुने आयोजक संस्था विङ्गस इन्टरटेन्मेन्टले जानकारी दिएका छन् ।
जिल्लामा रहेको १६ वर्ष देखी २५ वर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरि तयार पारिएको यस कार्यक्रमको उद्धघाटन भने यही माघ २७ गते गाईघाटमा हुने भएको छ। जिल्लाका विभिन्न कलेजमा अध्ययनरत छात्र छात्राले भने पहिलो चरणको अडिसन अनलाईन मार्फत दिएको विङ्गसका निर्देशक तथा कलाकार एम जे मिथुनले जानकारी दिएका छन्। उनले विद्यार्थीहरुको समयलाई मध्यनजर गर्दै यस वर्षको अडिसन अनलाईन लिएको र वाँकी चरणका कार्यक्रम सदरमुकाम र आस पासका पालिमा हुने जानकारी दिएकाछन् ।

निःशुल्क प्रशिक्षण गराईने यस कार्यक्रमा युवाहरुलाई विभिन्न २१ विषयका समाहित वन्द प्रशिक्षण हुने र अन्तयमा प्रस्तुतीकरण सहित प्रतियोगिता सम्पन्न हुने आयोजकको भनाई रहेको छ भने यसमा भाग लिन आफुमा कुनै न कुनै प्रतिभा हुनै पर्ने आयोजकले बताएका छन् । ्
प्रतियोििगतमा विजेताले नगद पुरस्कार, उच्च शिक्षाका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय छात्रबृत्ति, टर्म इन्स्योरेन्स, ब्राण्ढ अम्ब्यासडर लगायत अन्य धेरै पुरस्कार र अवसर पाउने छन भने यो प्रतियोगिताको मुख्य ेउद्धेश्य युवाहरुको प्रतिभालाई उजागर गर्ने र उनीहरुको आत्मविश्वास बढाउने र उनीहरुमा भएको क्षमतालाई अभिबृद्धि गर्नुका साथै युवाहरुलाई उदयपुर र उदयपुरलाई युवा चिनाउने रहेको आयोजकको भनाई रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्