जनप्रतिनिधिले गालीगलौज गरेको भन्दै निर्माण कम्पनीले काम रोके

२४  पौष उदयपुर ।।

कामको अनुगमनको क्रममा  प्रोजेक्ट मेनेजरमाथि जनप्रतिनिधि द्वारा गालीगलौज भए पछी निर्माण कम्पनीले बुधबार  देखि सडक निर्माणको काम रोकेको छ ।

बिश्व बैंकको लगानीमा त्रियुगा नगरपालिकाको बजार क्षेत्रमा निर्माण भैरहेको सडक  तथा ढल अनुगमनको क्रममा नगर उपप्रमुख महेश्वरी राईले निर्माणमा संङलग्न आशिष् -आशीर्वाद -स्वामि नारायण जेभीका योजना प्रमुख राजेश यादवलाई गाली गलौज गरेको भन्दै निर्माण कम्पनीले काम रोकेको कम्पनीका इन्चार्ज उमेश बुढाथोकीले बताए ।

उनले कम्पनीको क्याम्प मै आएर राईले योजना प्रमुख माथि गाली गरेर दुव्र्यवहार गरेको बताए । कतै काममा त्रुटी देखेको भए तत्काल रोक्न लगाएर सुझाव दिनु पर्नेमा जनप्रतिनिधिले गाली गरेर कर्मचारीलाई हतोत्साहित गरेको उनले बताए ।

उममेयर राईले भने आफुले योजना प्रमुखलाई गालीगलौज नगरेको बताइन् ।मैले गाली गरेको छैन, अनुगमनको क्रममा केही ठाउँमा त्रुटी देखिएकोले पेटिमा काम गर्ने सब कन्ट्राक्टरलाई सचेत गराएको बताइन् ।

उनले कुरा बुझाइमा केहि असमझदारी हुन गएकोले समस्या आएको तर  अब सबै समस्या समाधान भैसकेकोले निर्माणको काम सुरु हुने उनले बताइन् ।

चालू आर्थिक बर्षको अन्तिम महिना भित्र सक्ने गरि निर्माण कम्पनीले  नगरपालिकाको ११, १२ ,१३ वडा भित्र झन्डै १४ किमि सडक र नाली निर्माणको काम गर्दै आएको छ । २ वटा प्याकेजमा  ६७ करोडको लागतमा काम गरीरहेको निर्माण कम्पनीले ३५  प्रतिशत काम गरिसकेको छ भने  २५ प्रतिशत रकम भुक्तानी लिएको  नगरपालिकाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्