मधेसको माग र मुद्दाको सम्बोधन प्रक्रिया सुरु भयो : ठाकुर

२२ जेठ काठकाण्डौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले मधेसको माग र मुद्धा सम्बोधनको प्रक्रिया सुरु भएको बताएका छन् । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताए ।

‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’ उनले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्