उपप्रधानमन्त्री महतोलाई गौतमले भने,‘नेपालमा एउटा मात्र राष्ट्र र राज्य छ, त्यो नेपाल हो’

२२ जेठ काठमाण्डौं । नेकपा एमालेको नेता वामदेव गौतमले नेपालमा एउटामा मात्र राज्य र राष्ट्र रहने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा आफ्नो धारणा सर्वाजनिक गर्दै यस्तो बताएको हो ।

उपप्रधानमन्त्रीको सपथ खाएको केही जसपाका नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहु राज्य र बहु राष्ट्र स्थापना गर्ने आफ्नो र आफ्नो पार्टीको मुख्य योजना भएको बताएका थिए । उनको यो भनाईको अहिले सर्वत्र विरोध हुन थालको छ ।

गौतमले लेखेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।’

उपप्रधानमन्त्री महतोले हाम्रासामु दुईवटा कार्यभार भएको बताएका छन् । उनले एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको बताएका थिए ।

त्यस्तै महतोले यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य भन्दै सुशासन र समृद्धिलाई अगाडि बढाउन बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने आफ्नो पार्टीको उद्देश्य भएको बताएका थिए । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य भएको महतोको भनाइ छ ।

गौतमले भनेका छन्, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’

राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने गौतमको दावी छ । ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन, गौतमले भनेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’

उनले महतोको यस्तो योजना प्रधानमन्त्रीलाई थाहा नभएको भन्ने सुन्दा आफू आश्चर्यमा परेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

नेपालमा एउटा मात्र राष्ट्र र राज्य छ,त्यो नेपाल हो : बामदेव गौतम

यहाँ कमेन्ट गर्नुहोस्