गोर्खाको योगदान सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

२२ जेठ काठकाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन् ।

बीबीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन माग गरेका छन् ।

“म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समास्याबारे आश्वास्त पार्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भनेका छन्,“गोखा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

“गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्, उनले भने,“उनीहरुको परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ ।”

नागरिकलाई भ्याक्सिन लगाउन सकेमा यो नियन्त्रण हुने उनले बताएका छन् । त्यो गर्न नसकेमा यो निकै कठिन हुनजाने उनको भनाइ छ । उनले नेपालको पुरानो सम्बन्धका आधारमा बेलायतलाई सहयोग उपलब्ध गराउन अपील गरेका छन् ।

बीबीसीसँग बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलाय नेपालको साथमा रहेको बताएका छन्। प्रवक्ताले कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन उपलब्ध गराउने बताएका छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्