गाजामा सङ्क्रामक रोग फैलिन थाल्याे : राष्ट्र सङ्घ

पौष १५ एजेन्सी___संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएकाे छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेकाे जानकारी दिएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हाे ।राष्ट्रसङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाकाे रहेकाे सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेकाे समाचार संस्था ओसीएचएले जनाएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्