असोज २० एजेन्सी___ इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा नेपालीहरू पनि ‘घाइते’ भएको बताइएको छ । नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ । उक्त फर्ममा कुल १७ जना नेपाली कार्यरत रहेको र केही घाइते भएको बताइएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री एनपी साउदले शनिवार अपराह्न सिंहदरबारस्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन् । शनिवार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ । शुरूमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ शुरू भएको हो । त्यस क्रममा हालसम्म ४० जना इजरायली र केही प्यालेस्टिनीहरू मारिएको खबर आएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्