असोज ५ काठमाडौँ___ आन्दोलनरत शिक्षकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यही ३ असोजदेखि काठमाडौं केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकले आज पनि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागीले नाचगानसहित विधेयकको विरोध गरेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको भनाइ छ ।
उनीहरूको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ ।जसकारण यात्रुलाई सास्ती भएको छ । यसैबीच सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता गृह मन्त्रालयमा चलिरहेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकले १७बुँदे माग अघि सारेका छन् । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिले बिहीबार बिहान र साँझ तथा आज बिहान पनि मन्त्रीहरूसँग छलफल गरेका थिए ।
शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रदर्शन कहिले नाचगान :