नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा

भाद्र १६ काठमाडौँ__नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ । दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापा गएका छन् ।

372805184_267733646056038_3847139899722745891_n372151261_1498876010945507_8575401960035401458_n372410816_240654652274498_5346358813870501353_n373419039_1512219562925108_1658541859184618839_n371873340_1974832312897389_619786002127547386_n

यहाँ कमेन्ट गर्नुहोस्