साउन २५ जनकपुरधाम___नेपाली कांग्रेसको मधेश प्रदेश संचार तथा प्रचार प्रसार विभागको सदस्यमा १९ जना मनोनित भएका छन् । कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आठवटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी विभागमा सदस्य मनोनित गरेका हुन् । पार्टी प्रदेश मुख्यसचिव सन्तुप्रसाद यादवका अनुसार नितेशकुमार गुप्ता प्रमुख रहेको विभागको सदस्यमा जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको छ ।
सप्तरीकी जाल्पाना कुमारी सदारले विभागको उपप्रमुखमा जिम्मेवारी पाएकी छन् भने सर्लाहीका निकेश त्रिपाठी सदस्य सचिवमा मनोनित भएका छन् । यस्तै सदस्यमा सुधा देवी र ललिता साह, सिरहाका विनोद मण्डल र विदु सिंह, धजुषाका निरञ्जन साह र कमल साह, महोत्तरीका सन्तोष सिंह र हदिस खुदार रहेका छन् ।
यस्तै रोशन कुमार साह, रौतहटका सागर हुमागाई, प्रभात कुमार झा र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल सदस्य रहेका छन् । विभागले पूर्णता पाएसँगै पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउने प्रमुख गुप्ताले बताए ।