मधेश प्रदेश सरकार गठन भएको आठ महिनापछि आज मन्त्रिपरिषद्‍ले पूर्णता पाउने

साउन १५ जनकपुरधाम__ मधेश प्रदेश सरकार गठन भएको आठ महिनापछि आज मन्त्रिपरिषद्‍ले पूर्णता पाउने भएको छ । प्रदेश सरकारका प्रवक्ता सञ्जयकुमार यादवले सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलबीच सहमति भएसँगै आज सरकारले पूर्णता पाउने बताए । खाली रहेका दुई मन्त्रालय जसपा र कांग्रेसले पाउने गरी सरकार विस्तार हुने उनले बताए ।

जसपाले श्रम तथा यातायात र कांग्रेसले गृह सञ्चार तथा कानुन मन्त्रालय पाउने गरी सहमति भएको उनले बताए । जसपाले श्रम तथा यातायातमा बिनाविभागीय मन्त्री सुरिता साहलाई जिम्मेवारी दिने तयारी छ । कांग्रेसले सप्तरीबाट दुई पटक निर्वाचित मोहम्मद समिमलाई सरकारमा पठाउने सम्भावना छ । जनमत पार्टीबाट बिनाविभागीय मन्त्री वसन्त कुश्वाहालाई तत्काल कुनै जिम्मेवारी नतोकिने निर्णय भएको प्रवक्ता यादवले बताए ।

श्रोतका अनुसार मुख्यमन्त्री यादवले जनमतलाई कुश्वहालाई फिर्ता बोलाउनुपर्ने वा जनमत पार्टीको भागमा परेको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई दुई टुक्रा गरेर मात्रै कुश्वहालाई मन्त्रीको जिम्मेवारी तोक्नुपर्ने प्रस्ताव गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्