साउन ४ काठमाडौँ___जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए । यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ । त्यस्तै, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्