धनकुटा हिलेका अभिभावक बरिष्ट समाजसेवी तथा उत्कृष्ट उद्यमी घिमिरेको निधन

२० जेठ धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेका पिता धनकुटा हिलेका वरिष्ट समाजसेवी तथा उद्यमी निल वहादुर घिमिरेको आज विहान निधन भएको छ ।

विभिन्न समाजिक संघ संस्थाहरुमा सक्रिय भूमीका निर्वाह गर्दै नेतृत्व गरीरहनु भएको स्वर्गीय निल वहादुर घिमिरको पार्थिव शरिरमा धनकुटाको मुलघाटको विश्रान्ती मन्दिर स्थित तमोर नदीमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष लाचन्द्र गोङ्वा तामाङ्ग,वरिष्ट उपाध्यक्ष मन कुमारी तिुतङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ठ,महासचिव राम वहादुर गोङ्वा तमाङ्ग,सचिव श्रीराम रायोमाझी धनकुटा औद्योगिक ग्राम संचालन तथा व्यवस्थापन समितिका अधयक्ष घनेन्द्र न्यौपाने लगायतका उद्यमी व्यवसायी लगायत मलामीजन आफन्तजनले पुलमाला तथा जल चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

निमोनिया तथा श्वास प्रश्वास सम्वन्धि समस्या भए पछि विराटनगर स्थित नोवल अस्पतालमा उपचार गरी हिजो साझ मात्र धनकुटाको हिले स्थित घरमा ल्याईएका समाजसेवी निल वहादुर घमिरेको ८१ बर्षको उमेरमा आज विहान १० बजे तिर निधन भएको हो । उहाको दुई श्रीमती,तिन छोरा र सात जना छोरीहरु ,वुहारीहरु,नाती नातीनीहरु हुनुहुन्छ ।

वरिष्ठ समाजसेवी स्वर्गीय निल वहादुर घिमिरे हिले क्याम्पस र हिले माविका संस्थापक अध्यक्ष,हिले १ का निर्वाचित पूर्व वडाध्यक्ष,नेपालकै उत्कृष्ठ चिया उद्यमी तथा कृषक चन्तला देवी दुद्य सहकारी संस्थका अध्यक्ष,विश्रान्ती मन्दिर मुलघाट धनकुटका सदस्य लगायत विभिन्न संघ संस्थामाहरुमा नेतृत्व गरी समाजिक सेवा महत्वपूर्ण योदान दिनु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । उहाको निधनले धनकुटाले एउटा समाजिक व्यक्तित्व,असल अभिभावक र विकास प्रेमी वरिष्ठ उद्यमी गुमाएकोले धनकुटालाई अपुरणीय क्षती पुगेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेका बुबा धनकुटाका वरिष्ट उद्यमी तथा समाजसेवी निल वहादुर घिमिरेको निधनमा धनकुटा उद्योग बाणिज्य संघले गहिरो दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्