धनकुटाका डा.पुजनलाई कोरोना संक्रमिति परिवारद्धारा सम्मान

२० जेठ धनकुटा ।  ज्यान बचाई दिएको भन्दै कोरोना संक्रमित भएका विरामी तथा विरामीहरुको आफन्तले धनकुटा अस्पतालमा आज धनकुटा अस्पतालको प्रमुख डा.पुजन विश्वकर्मालाई सम्मान गरेका छन ।
धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्कर्माले धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा चौविसै घण्टा ज्यानको प्रवाह नगरी विरामीहरुको उपचारमा निरन्तर खटिरहेका कारण सिकिस्त परेका कोरोना संक्रमित विरामीहरु पनि निको भई घर फर्कदै गएकाले आज ज्यान बचाई दिएको भन्दै डा.पुजनलाई निको भएकाहरु र उनका आफन्तहरुले खादा तथा माला लगाई दिई सम्मान गरेका हुन ।

कोरोना संक्रमित भई उपचारका लागी आएका पाख्रिवासका सन्तोकी गुरुङ्ग र अन्य दुई जना विरामीहरु कोरोनाले सिकिस्त आएको सयममा धरान विराटनगरमा सम्पर्क गर्दा आई सि यू र भेन्टिलेटर नपाए पछि धनकुटामानै हाई रिस्कमा अक्सिन दिएर उपचार शुरु गरिएको र उहाहरुको क्रमश सुधारहुदै अहिले राम्रो भएर निको भएर घर फर्कन लाग्नु भएकोमा आफु ज्यादै खुशी भएको डा.पुजन विश्वकर्माले वताउनु भयो ।

धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा सिकिस्त भई १६ दिन सम्म उपचार गराएर आज निको भई घर जान लागेका धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ४ का सन्तोकी गुरुङ,उनकी श्रीमती ज्योती गुरुङ्गले र अन्य कोरोना संक्रमित विरामीहरुका आफन्तहरु निराज राई,युवराज श्रेष्ठ लगायतले धनकुटा अस्पतालका डा.पुजन विश्कर्मालाई खादा तथा माला लगाई दिई सम्मान गर्दै ज्यान बचाई दिएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

यसैगरी अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र कोरोना संक्रमित भई निको भएकाहरु अनी डा। पुजन विश्वकर्मालाई उनीहरुका आफन्तहरुले समेत सम्मान गर्दै कोरोना संक्रमितहरु विरामीहरुको उपचारमा तिन रात सक्रियम पूर्वक खट्दै निको बनाई दिनु भएकोमा धन्यवाद दिनु भएको थियो ।

धनकुटा कोभिड अस्पताल अद्योगिक ग्राम,धनकुटा आईसुलेशन सेन्टर,कोभिड आकस्मिक कक्षमा उपचार गराई अहिले सम्म १ सय जना भन्दा बढीले उपचार गराई निको भएर घर फकिसकेका छन ।
धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्कि कक्ष धनकुटा अस्पतालमा गरी अहिले २१ जना कोरोना संक्रमितहरु उपचार गराईरहेको धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले वताउनु भयो ।
धनकुटा जिल्लामा महामारीको रुपमा कोरोना भाईरस फैलदै गएका कारण अहिले समम १ हजार भन्दा बढी कोरोना संक्रमित भईसेको धनकुटा स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्