असार १९ काठमाडौं___ कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको छ।
सोही उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
यहाँ कमेन्ट गर्नुहोस्