अषाढ़ ४ काठमाडौं ___समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ । ४ दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार अपराह्न राष्ट्रिय सभागृहमा मोर्चा घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् ।
कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘दाहाल’, गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव सी’ सहभागी छन् । सहमतिपत्रमा उनीहरूले हस्ताक्षर गरेका छन् ।
मोर्चाले आफ्नो प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ भनेको छ । “यो मोर्चाको प्रमुख उद्देश्य/कार्यक्रम नेपाली समाजवादको आधार तयार पार्नु रहेकोछ,” सहमतिपत्रमा भनिएको छ । यस्तै मोर्चालाई प्रदेश र स्थानीय तहसम्म पनि लाने बताइएको छ ।