नगरपालिका भवन निर्माणका लागि मेयर यादवद्वारा १ करोडको जग्गा दान

जेष्ठ १० रौतहट___ रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले १ करोड मूल्य बराबरको जग्गा दान गरेका छन् । मेयर यादवले नगरपालिका भवन निर्माणका लागि १करोड बराबरको ५कठ्ठा जग्गा दिएका हुन् । चुनावी प्रतिबद्धताअनुसार मेयर यादवले आफ्नो नाउँमा दर्ता कायम रहेको उक्त जग्गा माधव नारायण नगरपालिकाकाको नाउँमा बुधवार रजिस्ट्रेसन पारित गरेका छन् ।

मेयर यादवको नाउँमा रहेको माधवनारायण–३ को ५ कठ्ठा जग्गा नगरपालिकाको नाउँमा निःशुल्क दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए । गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए, जुन पुरा गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्