अति आवस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन ताप्ली गाउँपालिको आग्रह

२० जेठ उदयपुर । कोरोनाभाइरस नियन्त्रणका लागि उदयपुरको ताप्ली गाउँपालिकाले अति आवस्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

गाउँपालिका स्तरिय बिपत् व्यबस्थापन समितिको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु बिहान ७ बजे देखी १० बजेसम्म र बेलुका ५ बजेदेखी ८ बजेसम्म संचालन गर्न दिने निर्णय समेत गरेको छ । साथै गाउँपालिकामा सञ्चालित बैंकले हप्तामा तीन दिन आईतवार मंगलवार र विहिवार मात्र सेवा दिने गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिनुभयो ।

पछिल्लो केहि दिन यता ताप्ली गाउँपालिकाका बिभिन्न स्थानमा गरिएको कोरोना परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । १३ जना मध्य ९ जना ताप्ली वडा नं. ५ कटहरेमा रहेको कोविड अस्पतालमा उपचारत छन् भने बाँकी ४ जना होम आइसोलेशनमा बसेको अध्यक्ष थापाले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्