नेपालमा आज थप ६४९१जना संक्रमित निको भए , ४७६२ जनामा कोरोना संक्रमण र ११४ को मृत्यु

जेष्ठ १७ काठमाण्डौ__नेपालमा आज  थप ६ हजार ४९१ जना कोरोना संक्रामणबाट निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।

त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्