धनकुटा कांग्रेसले पूर्व माननीयको निधनमा श्रद्धाञ्जली व्यक्त

१५ जेठ धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज शोक विज्ञप्ती प्रकाशित गरी धनकुटा जिल्ला तत्कालीन मुगा गाविस हाल पाख्रीवास नगरपालिका निवासी पूर्व माननीय हरेन्द्रबहादुर थापाको असामयिक निधन भएको १३ औ दिनको पुण्यतिथिको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाकाको काका समेत रहनुभएका समाजसेवी, सरल इमानदार र सहयोगी व्यक्तित्व स्वर्गिय हरेन्द्रबहादुर थापाको निधनले धनकुटा कांग्रेसलाई मर्माहित र दुःखित बनाएको उल्लेख गरिएको छ ।

उहाको निधनले नेपाली कांग्रेस धनकुटाले एक असल सहयोगी र विकासप्रेमी समाजसेवी व्यक्तित्व गुमाएको धनकुटा कांग्रेसद्धारा जारी उक्त शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । ८८ बर्षको उमेरमा निधन हुनु भएका वरिष्ट समाजसेवी स्वर्गीय हरेन्द्रबहादुर थापाका तीन छोरा र १ छोरी रहनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्