विक्की-कट्रीनाको विवाहस्थल केहीअघिसम्म भग्नावशेष मात्रै थियो

मंसिर २३ एजेन्सी___ बलिउडका अभिनेता विक्की कौशल तथा अभिनेत्री कट्रीना कैफको विवाहपछि चर्चामा आएको राजस्थानको फोर्ट बरवाडा र सिक्स सेन्सेस होटेल कुनै समय भग्नावशेष बनेका थिए । नवीकरणपछि त्यहाँ आज बिहार पहिलो शाही विवाह हुँदैछ । यसअघि यसलाई पाँचतारे होटेलको रूप दिन १० वर्षको समय र करिब १ सय ५० करोड खर्च गरिएको थियो ।

अहिले यो क्षेत्र विश्व भरी ‘टक अफ द टाउन’ बनेको छ ।  यस होटेलमा धेरै सुइटहरू छन् । सबैभन्दा महँगो सुइटको एक दिनको भाडा भारु ७ लाख रुपैयाँ छ । यहाँ सयभन्दा बढी कोठाहरू छन् । यस किल्लाको वास्तविक नाम चौथका बरवाडा हो । यो सवाई माधोपुरबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित छ ।

यस किल्लाका मालिक पृथ्वीराज सिंह हुन्, जो बरवडा परिवारका राजा मानसिंहको परिवारकै पुस्तैनी सदस्य हुन् । पृथ्वीराजले यो किल्ला भाडामा दिएर एक भागमा भव्य होटल बनाएका छन् । यो होटल अक्टोबरमा मात्रै सञ्चालनमा आएको हो । यसलाई एलिमेन्टल स्टुडियो द्वारा डिजाइन गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्