राकेश यादव
मंसिर १६ रौतहट ____ रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ सिर्सियामा रहेको रत्न कन्या आधारभूत विद्यालयलाइ विद्यालय पूर्वाधार विकास सम्बन्धि विभिन्न सामग्रीहरु विहिवार एक कार्यक्रम विच हस्तानान्तरण गरिएको छ । नेपाल गर्ल्स एजुकेसन परियोजना अन्तर्गत पेनिएपिएलको सहयोगमा माण्डवी सस्थाले उक्त सामग्री हस्तानान्तरण गरेका हुन् । ८० थान बेञ्च ,८० थान डेस्क , २ थान स्टिल दराज , २ थान बुक रैक , कुर्सि तथा विद्यालयमा विद्यार्थीहरुको लागि निर्माण गरिएको शौचालय समेत विद्यालयका प्रध्यानाध्यापक द्वारिका राउतलाइ सस्थाका निर्देशक अन्जु झाले हस्तानान्तरण गरेको हो ।
सामग्री हस्तानान्तरण कार्यक्रममा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर उपप्रमुख किरण कुमारी ठाकुरले विद्यालयलाइ राजनीतिक हस्तक्षेप भन्दा बाहिर राख्नु पर्ने बताए । विद्यालयमा राजनीतिक दवाव भए विद्यार्थीहरुको अध्यन अध्यापनमा नराम्रो प्रभाव पर्ने भएकोले विद्यालयलाइ स्वतन्त्र रुपमा राख्नु पर्ने धारणा व्यक्त गरे । विद्यालयलाइ चाहिने भौतिक पूर्वाधार विकासका लागि स्थानीय , प्रदेश र संघीय सरकारले सहयोग गर्नु अर्ने बताउदै समयमा अध्यन अध्यापन गराई शिक्षाको स्तर उकास्न शिक्षकहरुलाई ध्यानकेन्द्रित गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राम विनय सिंह , वडा अध्यक्ष मोहन सिंह , गौर नगरपालिकाका शिक्षा संयोजक गणेश बहादुर गिरि , आयोजक सस्थाका निर्देशक अन्जु झा समेतले आ आफ्नो विचार राखेका थिए ।विद्यालयमा बेञ्च डेस्कको अभावका कारण विद्यार्थीहरुलाई भुइमा बसेर अध्यन गर्नु पर्ने बाध्यता रहेकोमा सो अवस्था अव समाप्त भएकोमा सहयोगी सस्थालाई प्रध्यानाध्यापक राउतले धन्यवाद ज्ञापन समेत गरेका छन् ।