रौतहटमा दुइ चरणमा मतदाता नामावली संकलन हुने

राकेश यादव

मंसिर ११ रौतहट ____ जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली संकलनको लागि २ चरणमा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी स्थानीय तहको निर्वाचनको लक्ष्य गरि निर्वाचन आयोग नेपालले दिएको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालय रौतहटले मङ्सिर १७ गते देखि १५ दिनको लागि केन्द्र निर्धारण गर्दै कार्यक्रम सार्वजनिक गरेको हो ।

जिल्ला निर्वाचन प्रमुख छोटेलाल दासका अनुसार गौर नगरपालिका र इलाका प्रसाशन कार्यालय रहेको गरुडा , चन्द्रपुर बाहेक १५ स्थानीय तहमा १५ वटा केन्द्रमा १५ दिन मतदाता नामावली संकलन गर्ने कार्य संचालन हुने छन् । पहिलो चरणमा मङ्सिर १७ देखि पुष २ गते सम्म गुजारा नगरपालिका , वृन्दाबन नगरपालिका ,गढि़माइ नगरपालिका ,फतुवा विजयपुर नगरपालिका , मौलापुर नगरपालिका , बौधीमाइ नगरपालिका ,कटहरिया नगरपालिका र देवाही गोनाही नगरपालिकामा मतदाता नामावली संकलन गरिने छन् ।

दोस्रो चरणमा पौष ४ गते देखि १८ गते सम्म माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउ पालिका ,यमुनामाइ गाउपालिका , राजदेवी नगरपालिका ,परोहा नगरपालिका , राजपुर नगरपालिका ,र इशनाथ नगरपालिकामा संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्