सेरालियनमा इन्धन बोकेको ट्याङकर विष्फोट

कार्तिक २० सेरालियन___ सेरालियनमा इन्धन बोकेको ट्याङकर विष्फोट भएको छ। ट्याङकर विष्फोटबाट भएको क्षतिको यकिन विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

घटनामा परी कम्तीमा १ सय जनाको ज्यान गएको हुन सक्ने अलजजीरामा खबर छ।  स्थानीय मेयर र संचामाध्यमहरुले घटनाको पुष्टि गरे तर मानवीय क्षति भएको यकिन संख्या भन्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा जलेका व्यक्तिहरु सडकमा छटपट्याइ रहेका देखिन्थे। ट्याङबाट इन्धन चुहिएर विष्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्