पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले बढ्यो

कार्तिक १२ काठमाण्डौं ___ फेरि इन्धनको मूल्य वृद्धि भएको छ । भोलि रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य वृद्धि गरिएको हो । नेपाल आयल निगमका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साविकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको हो ।

डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्