कार्तिक १२ काठमाण्डौं ___ नेपाल आयल निगमले खाना पकाउने ग्यासको समेत मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल निगमले नै मूल्य वृद्धि गरेपछि बढ्दो घाटा पूर्ति गर्न मूल्य वृद्धि गर्नुपरेको बताएको छ।
शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको विज्ञप्तिमार्फत जनाएको छ । मूल्य बढाउँदा पनि ग्यासमा ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्