शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा

कार्तिक १२ एजेन्सी____ बलिउड अभिनेता शाहरुख​ खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । मुम्बईको उच्च न्यायलयले आज बेलुकी आर्यनलाई जमानतमा रिहा गर्न फैसला सुनाएको हो ।

आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए ।मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो ।आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । आर्यनलाई २ अक्टोबरमा एनसीबीले पक्राउ गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्