बैंक अफ काठमाण्डुले १४ प्रतिशत लाभांश दिने

कार्तिक ९ काठमाण्डौ___ बैंक अफ काठमाण्डुले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ४ प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्