कंगना र मनोज वाजपेयीले पाए नेसनल अवार्ड

कार्तिक ९ एजेन्सी____ भारतमा सोमबार ६७ औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ। ‘मर्णिकर्णिका’ र ‘पंगा’ फिल्मबाट अभिनेत्री कंगना रनावतले सर्बोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन्। यस्तै मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे।
यसैगरी साजिद नाडियावालाले निर्माण गरेको ‘छिछोरे’ले ६७ औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट हिन्दी फिल्म अवार्ड पाएको छ। निर्माता साजिदले सामाजिक सञ्जाल ट्विटरमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूत र आफ्नो फोटो राख्दै उक्त अवार्ड सुशान्तलाई समर्पित गरेको बताएका छन्।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा सुशान्तसहित श्रद्धा कपूर, वरुण शर्मा, नवीन पोलिसेट्टी, तुशार पाण्डेलगायत कलाकारको मुख्य भूमिका थियो। सन् २०२० मै प्रदान गर्ने भनिएको अवार्ड कोरोनाका कारण समयमा हुन पाएको थिएन। गत मार्चमा घोषणा गरिएको ६७ औँ राष्ट्रिय फिल्म अवार्ड सोमबार वितरण गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्