४७ सहरमा पुग्यो दराजको डेलिभरी सेवा, अब ग्रामीण क्षेत्रमा विस्तार हुने

कार्तिक ८ काठमाण्डौ___ अनलाइन बजार दराजले देशभर आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ । सन् २०१८ मा अलिबाबाको स्वामित्वमा आएपछि दराजले देशव्यापी सेवा विस्तार गर्ने याेजना लिएको छ । कम्पनीले हालै ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा पुगेको जानकारी दिएको छ । साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउन स्थानीयस्तरमै डेलिभरी राइडर नियुक्त गर्ने कम्पनीले जनाएको छ । नेपालको विविध भौगोलिक कठिनाइका बाबजुद कम्पनीको सेवा वितरण प्रक्रिया निरन्तर जारी राख्न यस्तो कदम चालिएको दराजले जनाएको छ ।

हाल दराजका देशभर १५ वटा डेलिभरी हब छन्। यी हबबाट नै ग्राहकका लागि वस्तु वितरण गरिन्छ ।यसअन्तर्गत बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, भरतपुर, पोखरा, बुटवल, धनगढी, भक्तपुर सल्लाघारी रहेका छन् । त्यस्तै काठमाडौंका पुरानो बानेश्वर, बालाजु, गोपीकृष्ण, न्यू रोड, थसिखेल रसोल्टिमोडमा दराजका डेलिभरी हब छन् । ‘२०१८ सालमा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद सञ्चालन (लजिस्टिक अपरेसन) धेरै आधारभूत थियो ।

ठूलो रुपमा कार्यभार उठाउनसक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी “दराज एक्सप्रेसको“ रूपमा आफ्नै समाधान निकाल्यो । दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रणमार्फत ग्राहकका लागि राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको कम्पनीकाे दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्