कार्तिक ५ विराटनगर___ प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरेको छ । आज एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्