मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

जेष्ठ १३ वीरगंज__ नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । कोरोना संक्रमितका लागि अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर र अक्सिजनको अभाव पनि भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर ज्यान पनि गुमाइरहेका छन्। यसैबीच विभिन्न कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

यसैबीच अभिनेत्री मनीषा कोइरालाले कोरोना संक्रमितको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् । उनले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान सहयोग गरेकी हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्