विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा

असोज ३० काठमाण्डौं ___ विश्व भोकमरी सूचांकमा नेपाल ७६ औं स्थानमा पुगेको छ । दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेपनि पछिल्लो समय त्यो सुस्त भएको छ । तैपनि नेपालले भारत र पाकिस्तानभन्दा कम भोकमरी भएको देशमै उभ्याउन सकेको छ ।

नेपालले १९.१ अंक प्राप्त गर्दै ७६औं स्थान बनाएको छ । प्रतिवेदनमा नेपालको ४.८ प्रतिशत जनसंख्या अपर्याप्त खानाले समस्यामा छ । ३१.५ प्रतिशत ५ वर्ष मुनीका बालबालिकाको वृद्धिदर कम छ । १२ प्रतिशत ५ वर्ष मुनीका बालबालिका ख्याउटे छन् । ३.१ प्रतिशत बालबालिको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । नेपाल भोकमरीको सूचांकमा भारतभन्दा राम्रो स्थितिमा रहेको छ ।

भारत गत वर्ष ९४औं स्थानमा रहेकोमा यस वर्ष ७ स्थान खस्किएर १०१औं स्थानमा पुगेको छ । ११६ देशको भोकमरीको अवस्थाबारे तयार पारिएको सुचांकमा भारतको स्थिति खस्किएपछि गम्भीर बहस हुन थालेको छ । ग्लोबल हंगर इन्डेक्स ४ वटा सूचांकका आधारमा तयार गरिएको प्रतिवेदन हो । जसमा अपर्याप्त भोजन, कुपोषण, बालबालिको वृद्धि दर, बाल मृत्युदर छन् ।

दक्षिण एशियामा बँगलादेश नेपाल समान ७६औं स्थानमा छ । पाकिस्तान ९२ औं स्थानमा छ । भारत र पाकिस्तानभन्दा नेपालमा कम भोकमरी रहेको प्रतिवेदनले देखाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्