संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

१३ जेठ काठमाडौं संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न इजलास सुरु भएको छ। १९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा रहेको छ ।

१२ बजे इजलास बसेको थियो । अहिले प्रधानन्यायाधीश जबराले निवेदन अध्ययन गर्दैछन् । ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई बाहिर पठाइएको छ ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन रहेको छ । उनीहरु अहिले इजलासको प्रतीक्षा गर्दै बाहिर बसेका छन् । बहसको क्रममा जोशीले मध्यरातमा समय नदिइ संसद विघटन भएको बताएका छन् । ‘मार्गप्रस्स्त भनेको के हो? राजीनामा कि के भन्ने स्पष्ट छैन। तसर्थ पुनर्स्थापना होस्’, उनको जिकिर रहेको छ।

अर्का अधिवक्ता तुलसी पराजुलीले ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत लिनु पर्नेमा विघटनमा जानु असंवैधानिक भएको बताए। अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ।

यहाँ कमेन्ट गर्नुहोस्