राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी र क्रियाशील पत्रकार मञ्चद्वारा गुप्ता सम्मानित

असोज २३ वीरगंज ___ राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्तालाई सम्मान गरेको गरेको छ । अन्तराष्ट्रिय स्तरको युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित हुनु भएकोमा गुप्तालाई सम्मान गरिएको हो । गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला, ढाका टोपी र सम्मान पत्र सहित सम्मान गरेको हो ।

सम्मान ग्रहण गरेपछि गुप्ताले आफुले पाएको उपलब्धी व्यक्तिगत नभई पूरा वीरगंजवासी र सम्पूर्ण नेपालीहरुको लागि भएको बताउँदै यो सम्मानले आफूलाई ठूलो जिम्मेवारी थपिएको बताउनुभयो । वहाँले आउने दिनमा अझ राम्रो काम गरेर देखाउने र दायरा बनाएर काम गर्ने प्रतिब्धता जनाउनु भयो । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बञ्जाराले अहिले सम्म जती पनि नेतृत्व रहेको त्यस मध्य बीरगंज उद्योग वाणिज्य संगको अहिलेको नेतृत्वमा सर्वगुण सम्पन्नमा सुबोद गुप्ता रहेको बताउनु भयो ।

मञ्चका अध्यक्ष नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टिका पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन र धन्यवाद ज्ञापन मञ्चका प्रणय कुमारले गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण सूर्यनारायण विकले गर्नुभएको थियो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, माधवराज पाल, सरोकार मंचका केन्द्रिय सदस्य राजाराम साह, अंचल उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरै, नगर अध्यक्ष एवम् संचारकर्मी उपेन्द्र बरै लगायतको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्