ग्लोबल आईएमई लघुवित्तले घोषण गर्‍यो २८ प्रतिशत बोनस

असोज २० काठमाण्डौ ___ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीका लागि २८ प्रतिशत बोनस घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत लाभांश दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।

असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठक यस्तो प्रस्ताव पास गरेको हो । कम्पनीको प्रस्तावलाई अब नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि अब बस्ने वार्षिक साधारण सभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्