असोज १८ काठमाण्डौ___नेपाली काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । असोज १५ गतेदेखि हिमाली जिल्लाहरुमा सुरु भएको जिल्ला अधिवेशनको परिणाम आइरहेको छ । हिमाली २१ मध्ये १९ जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सक्ने काँग्रेसको तयारी छ । सोही अनुसार अहिलेसम्म ८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।
जसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ४–४ जिल्लामा नेतृत्व हात पारेको छ । ८ वटा जिल्लाको परिणाम आउँदा पौडेल पक्षले १३ औं महाधिवेशनताका जितेका दुई जिल्ला गुमाएको छ । ताप्लेजुङ र रामेछापमा यसपटक देउवा पक्षले जितेको हो । यद्यपि १३ औं महाधिवेशनपछि सिटौला समूहमा पुगेका कालिकोटमा पौडेल पक्षको नेतृत्व आएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्