विरगन्जस्थित यातायात कार्यालय १८ वर्षदेखि भाडा मै

असोज १८ बीरगन्ज___ बीरगन्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्य कक्ष (कोठा) नहुँदा सेवा प्रभाव समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको बीरगन्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर साहले बताए ।

“निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन”, निमित्त कार्यालय प्रमुख साहले भन्नुभयो, “ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।” दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवा प्रवाह पु¥याएको कार्यालयको दाबी छ ।

दुई वटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नु पर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरोगरी सेवा प्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्