राकेश यादव
असोज १४ रौतहट ___ रौतहट जिल्लाको गौर भन्सार कार्यालयका कर्मचारीहरुले स्थानीयहरू सास्ती दिन थालेका छन् ।
कोभिड १९ को कारण वर्षौ देखि नेपाल भारत सिमा बन्द भएको कारण नेपाली नागरिकलाइ भारतमा र भारतीय नागरिकलाइ नेपालमा आउन जान भै रहेको समस्यालाइ मध्य नजर गर्दै नेपाल सरकारले पैदल आवागमन सहजता बनाए पछि भन्सार कर्मचारीको मनोवल बढेको हो ।
आफ्नो घरमा प्रयोग गर्नका लागि दैनिक उपभोग्यको सामग्री ल्याउदा कर्मचारीहरुले समातेर भन्सार कार्यालयमा बुझाउने गरेको कारण स्थानीय नागरिक पिडामा परेको छ । तस्करको समान निर्बाध रुपमा छोड्ने भासर कर्मचारीले घरायसी समान ल्याउने व्यक्तिलाई आर्थिक लाभ लिने उदेश्यले हैरानी परेशानी गर्ने गरेको गुनासो स्थानीयहरुको रहेको छ ।
१२ सयको समान बैरगनियाबाट लिएर आउदा भन्सारका कर्मचारी समातेर भन्सारमा बुझाईएको पिडित महिलाले बताएकी छिन । सामाजिक संजालमा सार्वजनिक गरिएको भिडिओमा पिडित महिलाले बच्चाको लागि खिलौना , किराना समान ल्याई रहेको अवस्थामा समातेर ७ सय रुपैया घुस मागेको र नदिएकोले भन्सारमा लगेको आरोप लगाएको छ । भन्सार कार्यालयको निमित कार्यालय प्रमुखको रुपमा शुसिल शर्मा आए देखि भन्सार कार्यालयका कर्मचारीहरुले आर्थिक असुली कार्यमा तिब्रता दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
भन्सार कार्यालय देखि उत्तर तर्फ रहेका पसलमा कारोवार गर्ने सित कर्मचारीहरु तथा त्यहाँ खटेका सुरक्षाकर्मीहरु रकम लिने गरेको बुझिएको छ । मुख्य गेटमा सिसि टिभी कैमरा जडान गरिएकोले छेउमा गएर कारोवार गर्नेहरु सित रकम लिने गरेको हो ।
दैनिक उपभोग्यको लागि ल्याउने खाध्य सामग्रीमा भन्सार नलिने व्यवस्था भएपनि भन्सार कर्मचारीले दादागिरी शैलीमा प्रस्तुत हुने गरेको स्थानीयहरुले बताएका छन् । वर्षौ देखि लिलामको पर्खाईमा रहेको सवारी साधनलाइ सडाउने कुहाउने कार्य गर्ने भन्सारका प्रमुखले घरमा प्रयोग गर्न ल्याउने समान नियन्त्रणमा लिने गरेको देखिएको छ । आर्थिक प्रलोभनमा परेर आम नागरिकलाइ दुख दिने भन्सारका कर्मचारी माथि कार्यवाही गरि सहज वातावरण बनाउन स्थानियहरुले सम्वन्धित निकाय सित माग गरेका छन् ।