राकेश यादव
असोज १३ रौतहट ___ भारतबाट भन्सार छली गरि ल्याउदै गरेका चिनी लगायतका सामग्री लोड गरिएको पिकअप रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छली छोरि निकासी पैठारी नियन्त्रण गर्ने कार्यमा खटेका प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ५ मा शंकाको आधारमा ना.१ ज–३२९६ नम्बरको पिकअपलाइ रोकी चेकजाच गर्दा लोड गरिएको सामानको विल बिजक माग गर्दा गाडीमा सवार रहेका भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ३ बस्ने बर्ष ३५ को जोत नारायण साहसंग बिल बिजक माग गर्दा नदिएकोले गाडीमा लोड रहेको अं.मुल्य रु.१,७३,०००।–(एक लाख तिहत्तर हजार) वरावरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारले जी बिस्कुट र अं.मुल्य रू.३,००,०००।–(तीन लाख) बराबरको पिकअप गाडी समेत गरि जम्मा अं.मुल्य रु.४,७३,०००।–(चार लाख तिहत्तर हजार) बराबरको विभिन्न माल बस्तुहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएको समान सहित पिक अप कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको छ ।
यसै गरि फटका सहित एकजना पक्राउ
रौतहट प्रहरीले ठुलो मात्रामा फटाका सहित एक जनालाइ पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका ४ स्थित पुर्व पछिम राजमार्गमा चेकजाच गर्ने क्रममा ग १ ख ६३४१ नम्बरको बसबाट प्रतिबन्धित फटका सहित सर्लाही जिल्लाका पर्सा गाउपालिका ४ निवासी २५ वर्षीय संजित साहलाइ इलाका प्रहरी कार्यालयका गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
१ लाख ६२ हजार ४ सय ८४ रुपैया मुल्य बरावरको फटका लुकाई ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको साह माथि विस्फोटक सम्वन्धि मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी ले जनाएको छ ।