लाभांश पारित गर्न ल्युब आयलले बोलायो साधारणसभा

भाद्र २७ काठमाण्डौं ___  नेपाल ल्युब आयलले लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीले १८ असोजमा बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भर्चुअल माध्यममा २९औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार ४ असोजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

त्यस्तै, सर्वसाधारणले शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण तथा नगद प्रवाहलगायतका बिषयमा छलफल गर्दैछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि ५ असोजदेखि १८ असोजसम्म बुक क्लोज गर्ने जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्