१२ जेठ उदयपुर । वर्डभिजन इन्टरनेशनल नेपालले जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र उदयपुरलाई आज २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
वर्डभिजन ईन्टरनेसनल नेपालको सहयोगमा, जाल्पा एकिकृत विकास समाज (जिडस)-उदयपुर, मानवअधिकार र वातावरण विकास केन्द्रको समन्वयमा ७० थान अक्सिजन सिलिन्डर (भरेको ),७० थान पल्स ओक्सिमिटर,७० थान थर्मल टेम्पे्रचर गन,७० थान पिपिईसेट,अक्सिजन कन्सन्ट्रेटर १ थान सर्जिकल माक्स ६०० थान, एन ९५ माक्स ७२ थान, स्यानिटाईजर र सोप लिक्वीङ्ग (ह्यान्ड वास) सहितका सामाग्रीहरु कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका अधक्ष्य एंवम प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई लाई हस्तान्तरण गरेको जाल्पा एकिकृत विकास समाज (जिडस)-उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो ।
नेपाल कभर परियोजना, चरण २ अन्तर्गत स्वास्थ्य सामाग्री कोभिड १९ संकट ब्यबस्थापन केन्द्र उदयपुरलाई हस्तान्तरण गरीएको र फेरी अर्काे चरणमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी भैरहेको अध्यक्ष पोखरेलले बताए ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दे केन्द्रका अधक्ष्य एंवम प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले सँस्थाले गरेको कामको प्रशंसा गर्दे स्वास्थका लागि सबै सजग हुनुपर्ने बताए । हस्तान्तरण कार्यक्रममा संचारकर्मी , अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।