भदौ २३ काठमाण्डौं ___ सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ । यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री गर्ने जनाएको छ ।
यस्तै दुग्ध विकास संस्थानबाट बिक्री वितरण हुने दुध, पनीर, घ्युसमेतका दुग्धजन्य पदार्थहरूमा सम्बन्धित संस्थानले तोके बमोजिमको रकम छुट दिई बिक्री वितरण गरिने जनाइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्