भाद्र २२ काठमाडौँ___ फिल्म निर्देशक सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा रहेको छ ।
सुप्रिया केही समयदेखि टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेम सम्बन्धमा थिए ।
‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशनको रुपमा सफल डेब्यू गरेका सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा चर्चित रहेका छन् । उनले निर्देशन गरेको फिल्म प्रेमगीत अहिलेसम्मकै उत्कृष्ट फिल्म मानिन्छ ।
यहाँ कमेन्ट गर्नुहोस्