सरकारको ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुग्यो, तीन वर्षमै थपियो ७ खर्ब

भाद्र  १० काठमाण्डौं __ नेपाल सरकारको सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा बढेर १७ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये कुल तिर्न बाँकी बाह्य ऋण नाै खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण आठ खर्ब ३२ करोड रुपैयाँ रहेको छ । नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० दशमलव ५ प्रतिशत पुगेको छ ।

गएको वर्ष सरकारले दुई खर्ब २४ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने ३६ अर्ब ९० करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै एक खर्ब २७ अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।

२०७८ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्