साउन ३१ जनकपुरधाम___ भारत नेपालको असल छिमेकी हो भन्नेमा दुई मत नहोला । कारण जे भएपनि नेपालले भारतबाट आयातित नुन, तेल र चामल तरकारी देखि सवारी साधन सम्म प्रयोग गर्ने गरेका छन् । यहाँ सम्म कि भारतकै अनुदानबाट नेपालमा विभिन्न विद्यालय देखि प्रतिष्ठानहरु सम्मको स्थापना भएको र भइरहेको छ ।
१५ अगस्त भारतको स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई विभिन्न सहयोग, अनुदान तथा अत्याधुनिक सवारी साधन समेत प्रदान गर्ने गर्दछ । तर भारतिय चेलीकै आरोपमा स्वतन्त्रता दिवसकै दिन एक छात्रा साइकल नपाएपछि जनकपुरधाममा धुरु धुरु आँसु झार्न परेको छ । साइकल नपाएपछिको उनको पिडा दृश्यमा हेर्नुहोस ।
उनी हुन जनकपुरधाम वडा नं. ९ श्री जानकी मावि जनकपुरधामले कक्षा ८ र हाल कक्षा ९ मा अध्यन्नरत रागिनी खातुन । आज सो विद्यालयले कक्षा ९ की कुल ३२ जना छात्राहरुलाई साइकल वितरण गरेको छ । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत विद्यालयले पाएको ३२ वटा साइकल कक्षा आठकी छात्राहरु जो हाल कक्षा ९ मा अध्यन्नरत छिन उनीह्रुलाई वितरण गरिएको वडा अध्यक्ष परमेश्वर साहले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहितको समेत उपस्थिती रहेको कार्यक्रममा एकजना छात्रा साइकल नपाएपछि खुबै रोइन । उनका अनुसार उनलाई भारतिय रहेको र उनीसंग जन्मदर्ता नरहेकाले साइकल प्रदान गरिएन । विद्यालयका शिक्षकले समेत साइकल नपाएकी छात्रा रागिनी खातुन नियमित विद्यालय आउने इमान्दार विद्यार्थी रहेकाले साइकल दिनुपर्ने बताउछन ।
विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको बताए । भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने अनि वर्षौ वर्ष देखि विद्यालय आउने गरेकी बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोबिज्ञानमा के असर पर्छ ? यि सारा सवालमा बहस भएको थियो ।
तरपनि मुख्यमन्त्री कार्यालयले साइकल नपठाएको उनीहरुको गुनासो छ । भर्ना गर्न मिल्ने पढन मिल्ने अनि साइकल किन पाउदैन ? शिक्षकको समेत प्रश्न छ । वडा अध्यक्ष साहले समेत खातुनका लागि पहल भइरहेको प्रदेश २ सरकारले नदिए नगरपालिकाबाट उपलब्ध गराउने बताए ।