१० जेठ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमण दर आगामी चार हप्तापछि घट्दै जाने अनुमान गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन् ।
निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन् ।
मन्त्री त्रिपाठीका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्