शेरशाहको शूटिङ गर्दा पाकिस्तानी सेनाको भारतीय सेनालाई इमेल

साउन १८ एजेन्सी___ बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको आगामी फिल्म शेरशाहको शूटिङ कारगिलमा भएको छ । फिल्म शेरशाहमा शहीद कारगिल युद्ध नायकको वीर कथामा आधारित रहेको बताइएको छ ।

फिल्मसँग सम्बन्धित स्रोतहरूले शूटिङसम्बन्धी केही रोचक जानकारीको खुलासा गरेका छन्। जब जम्मू-कश्मीरमा अनुच्छेद ३७० अन्तर्गत प्रतिबन्ध हटाइएको थियो । यसको कारण, त्यहाँ भारत र पाकिस्तानबीच धेरै तनाव भएको थियो।

सीमामा दुवै पक्षबाट जुनसुकै बेला झगडा हुनसक्ने अवस्था थियो । त्यस्तो परिस्थितिमा पनि २ सय ५० जनाको सैन्य टोलीसँग फिल्मको दुई महिनासम्म शूटिङ भएको निर्माताहरुको भनाइ छ ।

धर्मा प्रोडक्शनले भनेको छ, ‘धेरै चुनौतीपूर्ण अवस्थामा शूटिङ गरेका थियौं । फिल्मको शूटिङका लागि कारगिलको घुमरी नजिकै सैन्य अड्डाहरु बनेका थिए । अचानक एक दिन भारतीय सेनाका एक अधिकारी हामीकहाँ आउनुभयो। उहाँले हामीलाई भन्नुभयो कि पाकिस्तानी सेनाबाट एउटा सूचना आएको जानकारी दिए । सूचनामा याँहा फिल्म मात्रै शूटिङ हो  कि युद्धको लागि केही प्लान भइरहेको छ ?’

यहाँ कमेन्ट गर्नुहोस्