साउन १३ एजेन्सी ____ पूर्व एडल्ट फिल्म अभिनेत्री मिया खलीफा सामाजिक सन्जालको सेन्सेशन नै हुन् ।दुई वर्षअघि मियाले आफ्नो विवाहको खबर सार्वजनिक गरेकी थिइन् ।
यिनै अभिनेत्रीले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिएकी छन् । मियाले आफ्नो सामाजिक सन्जालमा एक पोष्ट शेयर गरेकी छन् । जहाँ उनलेे आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि प्रयास असफल भएको उल्लेख गरेकी छन् ।
उनलेे पतिसँग अलग्गिने निर्णय लिनुअघि थेरापी पनि लिएको खुलाएकी छन् । “हामी विश्वासका साथ भन्छाैं कि हामीले आफ्नो विवाह गर्नका लागि सबै गर्याैं । तर एक वर्षको थेरापी र प्रयास बाबजुद हामी यो निर्णय लिएका छाैं कि हामी एक मिल्ने साथी हाैं ।
हामीले विवाह बचाउन धेरैले कोसिस गर्ने गर्यै । हामी जहिल्यै प्रेम र एकअर्काको सम्मान गर्नेछाैं, उनलेे लेखेकी छन् । उनलेे आफूहरूको वैवाहिक जीवनलाई बिना कुनै पछुतो बन्द गरिरहेको र दुवैजनाले नयाँ जीवनको सरुवात गर्ने जनाएकी छन् ।
आफूहरु अलग्गिएको घोषणा गर्नु केही दिन अघि खलीफाले आफ्ना पति रोबर्ट सेण्डबर्गको इन्स्टाग्राममा एनिभर्सरीको शुभकामना दिएकी थिइन् । मियाले पहिलो विवाह सन् २०११ र २०१४ को बीचमा भएको थियो । तर उनलेे कहिल्यै पनि आफ्नो पतिको बारेमा कुनै जानकारी दिइनन् ।