जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब आन्तरिक ऋण उठाइने

जेष्ठ ९ काठमाडौँ__चालु आर्थिक वर्षमा सरकारी खर्च कमजोर हुने प्रक्षेपणका बाबजुद पनि सरकारले आन्तरिक ऋण भने २ खर्ब २५ अर्ब रुपैयाँ नै उठाउने भएको छ । सरकारले एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण आर्थिक वर्षको अन्तिम चौमासिकमा उठाउने तालिका रहेकोमा जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाइन लागेको हो ।

यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्